काठमाडौं महानगर र डिजिटल एन्ड वियोन्डबीच सम्झौता
काठमाडौं । सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ ।
शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, आगामी २ वर्षका वियोन्डले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलाप गर्न प्राप्त हुने सुविधा, सञ्चालन र व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा निःशुल्क उपलब्ध गराउनेछ ।
वियोन्ड गुगलको नेपाल र दक्षिण एसियाली साझेदार संस्था हो । सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाइ व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन् ।
सो अवसरमा महानगरकी उपप्रमुख डङ्गोलले डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने बताइन् ।
कार्यक्रममा सहभागी वक्ताले काठमाडौं महानगरमा भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५० हजार विद्यार्थीको पहुँचमा एकै पटक डिजिटल साक्षरताको पहुँच पु¥याउनुपर्ने आवश्यकतामा जोड दिए ।
वियोन्डका प्रमुख कार्यकारी निर्देशक ढुङ्गानाले सिकाइलाई आवश्यक पर्ने सामग्रीमा दबाब सिर्जना नगरी जटिल र सिर्जनशील सोच्न सक्ने बनाउन कार्यक्रम सञ्चालन गरिने बताए ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया