होटल, रेस्टुरेन्टले मेनुमा उल्लेख भएको रकममा भ्याट जोड्न नपाउने

काठमाडौं । होटल, रेस्टुरेन्टले ग्राहकलाई मेनुमा उल्लेख गरेको रकममा भ्याट जोड्न नपाउने भएका छन् । यसअघि सर्वोच्च अदालतले होटल तथा रेस्टुरेन्टले सेवा शुल्क लिन नपाउने फैसला गरेको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै मेनुमा उल्लेख शुल्कमा भ्याट जोड्न नपाइने जनाएको छ ।
‘मेनुमा उपभोक्ताको मूल्य उल्लेख गर्दा कम रकम उल्लेख गर्ने र बिजक जारी गर्दा मेनुमा उल्लिखित रकममा थप शुल्क तथा कर रकमसहितको बिजक जारी गर्नु उपभोक्ता संरक्षण ऐन, २०७५ तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को व्यवस्था विरोधी कार्य हो,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।
होटल, रेस्टुरेन्ट व्यवसायीसँग छलफल गरेर विभागले यसबारे निर्देशन पनि दिएको छ । विभागका अनुसार, यो निर्देशनको पालना नगरेमा कानूनअनुसार कारबाही हुनेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया