बंगलादेशले नेदरल्याण्डसलाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । टी २० विश्वकपको सुपर १२ मा बंगलादेशले नेदरल्याण्डसलाई १४५ रनको लक्ष्य दिएको छ । २० ओभरमा ८ विकेट गुमाएर बंगालादेशले नेदरल्याण्डसलाई १४५ रनको लक्ष्य दिएको हो ।
बंगलादेशका लागि आफिफ हुसेनले ३८, नजमुल हुसेनले २५, मोसादिक हुसेनले २० र सौम्य सरकारले १४ रन बनाए । सकिव अल हसनले ७ रन मात्रै बनाए । बलिङतर्फ पल भान र भास डे लिडेले दुईदुई विकेट लिए ।
ग्रुप बीमा अघिल्लो दिन भारतले रोमाञ्चक खेलमा पाकिस्तानलाई अन्तिम बलमा ४ विकेटले पराजित गरेको थियो । ६/६ टिम रहेका दुवै समूहका शीर्ष दुईदुई टोली सोझै सेमिफाइनलमा पुग्नेछन् । यसैले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया