सैनिक शिविरमा भएको हमलामा दश सैनिक र अठार आतङ्ककारी मारिए
काठमाडौं (एजेन्सी) । बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन् ।
बुर्किनाफासोको दिजीबोमा रहेका यहाँको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो । उत्तरी बुर्किनाफासोको सो सैनिक शिविरमा सोमबार आतङ्ककारीहरुले हमला गरेका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
यहाँको सेनाले प्रकाशन गरेको सो विज्ञप्तिमा सोमबार ठूलो सङ्ख्याका आतङ्ककारीहरु आएर सो शिविरमा हमला गरेका थिए । सो हमलामा परेर यहाँका ५० जना सैनिक पनि घाइते भएका बताइएको छ ।
सो विज्ञप्तिमा आतङ्ककारीहरु पनि मारिएको बताइएको छ । सो शिविरमा भएको हमलामा परेर मारिएका १८ जना सेनाको शव भेटिएको बताइएको छ ।सैनिकले गरेको प्रतिकारका क्रममा अरु कैयौँ आतङ्ककारी पनि घाइते भएका बताइएको छ । बुर्किनाफासोमा सन् २०१५ देखि शान्ति सुरक्षाको अवस्था खस्किँदो छ ।
यहाँ आतंककारीहरुले यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने क्रम जारी नै छ । यसबाट सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम झनै बढेको छ ।यो अफ्रिकी देशमा सुरु भएको यस हिंसामा परेर अरु हजारौँ मानिस विस्थापित भएका छन् ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया