तोलामा एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजारले घटेर ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
कात्तिक ७ गते सुनको मूल्य स्थिर रहेको थियो। अघिल्लो कारोबार अर्थात कात्तिक ७ मा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसको मूल्य अघिल्लो कारोबारमा १२ सय १५ रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया