तोलामा एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजारले घटेर ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
कात्तिक ७ गते सुनको मूल्य स्थिर रहेको थियो। अघिल्लो कारोबार अर्थात कात्तिक ७ मा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसको मूल्य अघिल्लो कारोबारमा १२ सय १५ रुपैयाँ कायम थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया