आफूलाई गाली गर्नेविरुद्ध रेखाले दिइन् उजुरी
काठमाडौं । अभिनेत्री रेखा थापाले आफूलाई गालीगलौज गर्ने ए वान मिडिया विरूद्ध जाहेरी दर्ता गराएकी छिन् । ए वान मिडिया नामक युट्युबमार्फत शर्मिला वाइवाले आफूलाईलाई गालीगलौज गरेको भन्दै जाहेरी दर्ता गराएकी हुन् ।
नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको हो । पल प्रकरणमा पीडितको पक्षमा बोलेको भन्दै थापालाई गालीगालैज गरेको जारी उजुरीमा उल्लेख छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी छिन् ।
एक दिनअघि थापाले सामाजिक सञ्जालमार्फत पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा लेखेकी थिइन् । उनले त्यसभन्दा अघि पनि सामाजिक सञ्जाजमार्फत पीडितको पक्षमा बोलेकी थिइन् ।
व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया