बुर्किना फासो : जिहादी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु
एजेन्सी । बुर्किना फासोको पूर्वी प्रान्तमा संदिग्ध जिहादी समूहले आक्रमण गरी १३ सैनिकको हत्या गरेको सुरक्षा स्रोतले आइतबार एएफपीलाई जानकारी दिएको छ ।
आक्रमणमा सेनाका चार सदस्य घाइते भएको सैनिक स्रोतले जनाएको छ । सेनाका अनुसार आक्रमणपछि सेनाले गरेको जवाफी कारबाहीका क्रममा कैयौँ विद्रोही हताहत भएको बताइएको छ ।
बुर्किना फासोमा सात वर्षदेखि जारी विद्रोहका क्रममा हजारौंको ज्यान गएको छ भने करिब २० लाख मानिस घरबाट विस्थापित बनेका छन् ।
पश्चिम अफ्रिकामा अवस्थित यो मुलुकमा जिहादी समूहले थालेको आक्रमणपछि प्रायः ग्रामिण ईलाकामा सरकारी सुरक्षाकर्मीको न्यून उपस्थिति रहने गरेको छ ।
सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको भूपरिवेष्टित यस अफ्रिकी मुलुक जिहादी समूह र सेनाबीचको द्वन्द्वका कारण अशान्त रहने गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया