सुपर १२ मा पाकिस्तानको पहिलो जित

काठमाडौं । सुपर १२ मा सुरुवाती दुई खेल साँघुरो अन्तरले गुमाएको पाकिस्तानले तेस्रो खेल भने फराकिलो अन्तरले जितेको छ ।
नेदरल्याण्डसविरुद्ध ९२ रनको लक्ष्य पाकिस्तानले ३७ बल खेल्न अगावै ४ विकेट गुमाएर पूरा गरेको हो ।
नेदरल्याण्डसलाई सस्तैमा रोक्न पाकिस्तानका लागि शादव खानले तीन, महम्मद असिमले २ विकेट लिएका थिए ।
कम रन पछ्याए पनि कप्तान बाबर आजम फेरि ४ रनमै आउट भए । खेल ८ विकेटले जित्नेतर्फ अघि बढ्दै गर्दा महम्मद रिजवान ३९ बलमा ४९ रन बनाएर आउट भए ।
त्यसपछि पनि थप एक विकेट गुमाएपछि मात्रै पाकिस्तानले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।
अब पाकिस्तानलाई सेमिफाइनमा पुग्नका आफूले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल जितेर मात्रै पनि पुग्ने छैन । भारतले पनि दक्षिण अफ्रिका, बंगलादेश र जिम्बाब्वेलाई पराजित गर्नुपर्नेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया