ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुला निर्वाचित
एजेन्सी । ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन् ।
देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेकाे निर्वाचन आयोगले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति लुलालाई विश्वका नेताहरूले बधाई दिएका छन् । उनले प्रतिद्वन्द्वी बोल्सोनारोले सार्वजनिक रूपमा निर्वाचन स्वीकार गरिनसकेका नेता लुलाले बताएका छन् । ब्राजिलमा भएकाे विजय जुलुसमा समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले उक्त जानकारी दिएका हुन् ।
‘आज एकमात्र विजेता ब्राजिलका जनता हुन्, राजनीतिक दल, व्यक्तिगत स्वार्थ र विचारधाराभन्दा माथि उठेर लोकतन्त्रको विजय होस् भन्ने हाम्रो चाहना नै लोकतान्त्रिक आन्दोलनको विजय हो,’ उनले आफ्नो जितको श्रेय जनतालाई दिँदै विजय जुलुसमा भने ।
सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल सजाय भएको थियो । साथै उनलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो ।
पाँच सय दिनभन्दा बढी समय कारागारमा बिताएपछि अदातलले उनलाइ रिहा गर्दै उनीमाथि लगाइएको राजनीतिक प्रतिबन्ध पनि खारेज गरेको थियो ।
ब्राजिलमा सन् १९८५ मा लोकतन्त्र पुनः स्थापना भएपछि पदमा रहेका राष्ट्रपति निर्वाचनमा पहिलोपटक पराजित भएका हुन् । २० लाखभन्दा मतले उनी पराजित भएका छन् ।
सन् २०१४ को राष्ट्रपतीय निर्वाचनमा विजयी उम्मेदवारले आफ्ना निकटतम प्रतिद्वन्द्वीकोभन्दा ३५ लाख भोट बढी ल्याएका थिए ।
ताजा अपडेट
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग


प्रतिक्रिया