चुनावको समयमा त्रिविले एक साता बिदा दिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निर्वाचनको समयमा जाडो बिदा समायोजन गर्ने गरी लामो समय बिदा नदिने भएको छ । आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर त्रिविले एक साता बिदा दिने तयारी गरेको छ ।
त्रिविका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले प्राध्यापकहरूसँगको छलफलमा चुनामा लामो समय बिदा दिन नहुने सुझाव आएपछि एक सातामात्र बिदा दिने योजना रहेको बताए ।
‘चुनावको समयमा लामो बिदा दिँदा राम्रो सन्देश जाँदै भन्दै त्यसो नगर्न प्राध्यापकहरूबाट सुझाव आयो,’ उनले भने, ‘अहिले स्नातक तहमा भर्नासमेत चलिरहेको छ । त्रिविका कार्यालयमा समेत मतदान केन्द्र रहन्छन् । कतै पढाइ गर्ने कतै नगर्ने ठीक नहुने भएकाले एक साताजति बिदा गर्छौं ।’
प्रदेश र प्रतिनिधिसभा निर्वाचन लागेसँगै कतिपय विद्यार्थी प्रचारमा लागेका छन् । त्यस्ता विद्यार्थीले चुनावको समयमा नै जाडो बिदा दिन आग्रह गरेका थिए भने प्राध्यापकहरूले जाडोको समयमै जाडो बिदा दिन अडान राखेका थिए । यस्तोमा त्रिविका पदाधिकारी प्राध्यापकलगायतसँग छलफल गरी जाडो बिदाबारे निष्कर्षमा पुगेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया