नेपालीले पत्ता लगाए तिउरीको नयाँ प्रजाति
काठमाडौं । नेपालका एक वैज्ञानिकले विज्ञान क्षेत्रकै लागि वनस्पतिको नयाँ प्रजाति पत्ता लगाएका छन् । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजाति पत्ता लगाएका हुन् । उनको खोजीको विस्तृत विवरण गत महिना प्रकाशित प्लस वान जर्नलमा छ ।
५७ पृष्ठ लामो उक्त अनुसन्धानात्मक आलेखमा यो वनस्पतिका बारेमा विस्तृतत विवरण छ । यसको वैज्ञानिक नाम इम्पेसियन्स निम्स्पुर्जेए राखिएको छ । पर्वतारोही निर्मल पुर्जाले पर्वतारोहण र संरक्षणका लागि गरेको कामको मूल्इांकन गर्दै वनस्पतिलाई उनको नाम दिइएको रास्कोटीले बताए ।
म्याग्दी जिल्लाको मोरेनी क्षेत्रमा २८ सयदेखि २९ सय मिटरको उचाइमा यो वनस्पति उनले सन् २०११ को अगस्ट २५ मा फेला पारेका थिए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीको निर्देशन
-
असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना
-
दसैँको अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेर मात्रै खुलाइने
-
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
-
राजदूत नियुक्तिमा आफ्नै मापदण्ड पालना नगरेको सांसद शाहीको आरोप


प्रतिक्रिया