नेपालीले पत्ता लगाए तिउरीको नयाँ प्रजाति
काठमाडौं । नेपालका एक वैज्ञानिकले विज्ञान क्षेत्रकै लागि वनस्पतिको नयाँ प्रजाति पत्ता लगाएका छन् । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजाति पत्ता लगाएका हुन् । उनको खोजीको विस्तृत विवरण गत महिना प्रकाशित प्लस वान जर्नलमा छ ।
५७ पृष्ठ लामो उक्त अनुसन्धानात्मक आलेखमा यो वनस्पतिका बारेमा विस्तृतत विवरण छ । यसको वैज्ञानिक नाम इम्पेसियन्स निम्स्पुर्जेए राखिएको छ । पर्वतारोही निर्मल पुर्जाले पर्वतारोहण र संरक्षणका लागि गरेको कामको मूल्इांकन गर्दै वनस्पतिलाई उनको नाम दिइएको रास्कोटीले बताए ।
म्याग्दी जिल्लाको मोरेनी क्षेत्रमा २८ सयदेखि २९ सय मिटरको उचाइमा यो वनस्पति उनले सन् २०११ को अगस्ट २५ मा फेला पारेका थिए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया