आँखाको डार्क सर्कल हटाउन अपनाउँनुहोस् यी उपाय

काठमाडौं । व्यस्त जीवनशैली, अस्वस्थ खानपान र तनावले डार्क सर्कल धेरैको समस्या बनिरहेको छ । व्यक्तिको सुन्दरता आँखाले झल्काउने गर्छ । तर आँखामा कालोपना अर्थात डार्क सर्कलले आँखालाई कुरुप बनाउँछ ।
आँखाको सामान्य हेरचाह र खानपिनमा ध्यान दिँदा यस्तो समस्याबाट छुटकारा पाइन्छ । सामान्यतया अहिले प्राय सबैको आम समस्या नै डार्क सर्कल बन्ने गरेको छ ।
यस्तो समस्याबाट टाढा रहन भिटामिन ए, भिटामिन सी, भिटामिन के र ई पाइने खानेकुरा प्रशस्त मात्रामा खानपानमा समावेश गर्नुपर्छ । त्यस्तै, डार्क सर्कल हटाउन वा कम गर्न अर्को उपाय हो बदामको तेल ।
बदामको तेलले डार्क सर्कल भएको ठाउँमा हल्का मालिस गर्दा यसले विस्तारै कालोपना हटाउँदै लैजान्छ र आँखालाई चम्किलो बनाउँछ । काँक्रो र आलुको रसले पनि डार्क सर्कल कम हुन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया