जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक

जुम्ला । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।
निर्वाचन हुन अब केही दिन बाकी हुँदा जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।
मतगणना नसकिञ्जेलसम्मको समय अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र चन्दले जानकारी दिए ।
चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा हुने आमसभा, नारा जुलुस, भीडभाड लगायतका राजनीतिक पार्टीका कार्यक्रम निर्वाचन अवधिभर गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट जारी गरेका निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न यहाँका सबै राजनीतिक दलदेखि उम्मेदवारलाई जानकारी गराएको बताइएको छ ।
मतपत्रबाहेक सबै ५४ प्रकारका सामग्री जिल्लामा आइपुगेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया