प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी सागर ढकाल नै स्वागत गर्न लाइनमा उभिएपछि…
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै प्रतिस्पर्धी सागर ढकालले घन्टौं लाइनमा उभिएर स्वागत गरेका छन् ।
निर्वाचन आयोगको स्वीकृती लिएर बिहीबार आफ्नो गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री देउवालाई स्वागत गर्न ढकाल लाइनमा उभिएका छन् । पहँलो कुर्ता–सुरुवाल, शिरमा ढाका टोपी र हातमा माला लिएर उनी हँसिलो अनुहारमा अन्य व्यक्तिसँगै लाइनमा उभिएका छन् ।
गठबन्धनले बिहीबार सदरमुकाममा आयोजना गरेको चुनावी सभामा भाग लिन प्रधानमन्त्री देउवा त्यहाँ पुगेका हुन् । उनी आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन चार दिन उतै बस्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।
आफ्ना मुख्य प्रतिस्पर्धी ठानेका देउवालाई स्वागत गर्न ढकाल आफै लाइनमा बसेर चुनावी प्रतिस्पर्धालाई मित्रवत बनाउन खोजेको देखिन्छ । उनी त्यही पात्र हुन्, जससले २०७४ मा प्रधानमन्त्री देउवालाई नेपालले अक्सर्फोड पढेको प्रधानमन्त्री कहिले पाउँछ भनेर प्रश्न गरेका थिए । जवाफमा त्यतिबेला देउवाबाट उनले निकै हप्कीदप्की खानुपरेको थियो । बिबिसी सझा सवालको त्यहि कार्यक्रमबाट ढकाल चर्चामा आएका थिए ।
आगामी मंसिर ४ मा हुने निर्वाचनबाट देउवालाई राजनीतिक विश्राम गराउने भन्दै उनले देउवा विरुद्ध उम्मेदवारी दिएका छन् । गुल्मीमा जन्मेका उनले अक्सर्फोड विश्वाविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेर आएका हुन् । अबको प्रधानमन्त्री ४० वर्षमुनिको हुनु पर्ने भन्दै उनले अभियान नै चलाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया