नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं । तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अंकले घटेर एक हजार नौ सय २२ दशमलव १६ मा सीमित भएको छ ।ठूला कम्पनीको कारोबारमापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५० अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ४३ मा सीमित भएको छ ।
कूल दुई सय २० कम्पनीको २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता सेयर ८९ करोड ८९ लाख सात हजार आठ सय ३० मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य झिनो अंकले उकालो लाग्दा ११ उपसमूहको भने ओरालो लागेको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ६४ अर्ब ७९ करोड ५३ लाख ११ हजार छ सय ८२ पुगेको छ । आज कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ ।
सो बैंकको चार करोड तीन लाख ५१ हजार एक सय २० बराबरको कारोबार भएको छ भने गरिमा विकास बैंकको संस्थापक सेयर तीन करोड ६० लाख १८ हजार, अरुण काबेली पावर तीन करोड ४५ लाख ४० हजार चार सय ९३, एनआइसी एशिया बैंक रु तीन करोड १७ लाख १६ हजार सात सय र शिवम् सिमेन्ट तीन करोड १६ लाख ३५ हजार चार सय ६० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार युनिलिभर नेपाल छ दशमलव ५६, नबिल ब्यालेन्स फण्ड पाँच दशमलब ९२, सेञ्चुरी बैंकको ऋणपत्र तीन दशमलब १८, सिटिजन म्युचुअल फण्ड दोस्रो दुई दशमलव ६८ र नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले दुई दशमलव २९ प्रतिशतले कमाएका छन् ।
यस्तै, विन नेपाल लघुवित्त चार दशमलव ९४, मन्दाकिनी हाइड्रोपावर चार दशमलब ९३, मैलुङ खोला जलविद्युत् कम्पनी चार दशमलब ४३ , ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ३१ र विशाल बजार कम्पनीका लगानीकर्ताले तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया