टेलिग्रामले पनि लगायो रुसी सरकारी सञ्चारमाध्यमलाई युरोपमा प्रतिबन्ध
काठमाडौं । रुसी सरकारी सञ्चारमाध्यमलाई टेलिग्रामले युरोपभर प्रतिबन्ध लगाएको छ । फेसबुक, ट्विटर, युट्युब र टिकटकपछि टेलिग्रामले युरोपमा रुसी सरकारी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएको हो ।
विश्वकै सबैभन्दा छिटो सूचना सम्प्रेषण गर्ने म्यासेजिङ एप टेलिग्रामले रसियन सरकारी मिडिया आरटीलाई युरोपभर प्रयोग गर्न नमिल्ने गरी प्रतिबन्ध लगाएको जनाएको छ ।
टेलिग्रामका प्रवक्ताले शुक्रबार सबै आरटी मिडिया च्यानललाई ब्लक गरिएको जनाएका छन् । यो प्रतिबन्धले स्पुतनिकलगायत अन्य रुसी मिडिया प्रभावित हुने/नहुनेबारे भने प्रष्ट भइसकेको छैन ।
यसअघि इयूका अधिकारीले आरटी युद्ध प्रोपोगण्डाको माध्यम बनिरहेको भन्दै टेलिग्रामलाई चेतावनी दिएको थियो ।
टेलिग्राम रसिया–युक्रेन युद्धबारे जानकारी लिने दुवै पक्षको माध्यम बन्दै आएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया