यू–१५ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशको सामना गर्दै
काठमाडौं । यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।
खेल बंगलादेशको ढाकामा अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।
यसअघि जित निकालेको नेपाल र बंगलादेश दुवै शनिबार दोस्रो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा नेपालले भुटानलाई ७–० र बंगलादेशले भुटानलाई ८–० को गोल अन्तरमा पराजित गरेका थिए ।
बंगलादेश बलियो टिम रहेकाले दोस्रो जित नेपालका लागि त्यही सहज भने छैन ।
नेपाल र बंगलादेश दुवैले ३/३ अंक जोडेका छन् । तर शीर्ष स्थानमा बंगलादेश र दोस्रोमा नेपाल छ । भुटान भने अंकविहीन रहँदै सबैभन्दा तल छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया