यू–१५ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशको सामना गर्दै
काठमाडौं । यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ ।
खेल बंगलादेशको ढाकामा अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।
यसअघि जित निकालेको नेपाल र बंगलादेश दुवै शनिबार दोस्रो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा नेपालले भुटानलाई ७–० र बंगलादेशले भुटानलाई ८–० को गोल अन्तरमा पराजित गरेका थिए ।
बंगलादेश बलियो टिम रहेकाले दोस्रो जित नेपालका लागि त्यही सहज भने छैन ।
नेपाल र बंगलादेश दुवैले ३/३ अंक जोडेका छन् । तर शीर्ष स्थानमा बंगलादेश र दोस्रोमा नेपाल छ । भुटान भने अंकविहीन रहँदै सबैभन्दा तल छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया