प्रिमियर लिगमा आज हुँदैछन् यी पाँच खेल
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आज पाँच खेल हुने भएका छन् ।
साविक विजेता म्यानचेस्टर सिटी र फुलहमबीच शनिबार प्रतिस्पर्धा हुँदैछ । खेल राति ८ः४५ का लागि तय छ ।
यी दुवै टिम जितको खोजीमा छन् । सिटीले आजको खेलमा फुलहमलाई पराजित गरेमा शीर्ष स्थानमा उक्लनेछ ।
सिटीका स्टार स्ट्राइकर हुन्, अर्लिङ हालाण्ड । उनी भने चोटका कारण आज मैदानमा देखिनेछैनन् । त्यसो त, उनले चोटकै कारण पछिल्ला दुई खेल गुमाएका छन् ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत नै लिड्स युनाईटेडले बर्नेमाउथको सामना गर्दैछ । नटिङघ फरेस्ट र ब्रेन्टफोर्ड बीचको खेल शनिबारका लागि तय छ । आजै ब्राइटनले उल्भ्सको सामना गर्नेछ ।
अर्को खेलमा एभर्टन र लेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया