श्रीलंकाविरुद्ध इंग्ल्याण्डले पायो १४२ रनको लक्ष्य

काठमाडौं । सेमिफाइनल पुग्न जित्नैपर्ने खेलमा श्रीलंकाविरुद्ध इंग्ल्याण्डले १४२ रनको लक्ष्य पाएको छ ।
श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि २० ओभरमा ८ विकेट गुमाएर श्रीलंकाले १४१ रनमात्रै बनाएपछि जित्नैपर्ने खेलमा इंग्ल्याण्डले न्यून लक्ष्य पाएको हो ।
पाथुम निश्शाकांले ६७ रन बनाउनुबाहेक श्रीलंकाले अरु खेलाडीले राम्रो रन बनाउन नसकेपछि श्रीलंकाले न्यून लक्ष्य दिएको हो ।
भानुका राजापपक्षेले २२ र कुशल मेण्डिसले १८ रन बनाए ।
इंग्ल्याण्डका लागि मार्क उडले तीन विकेट लिए ।
श्रीलंका जित्दा पनि सेमिफाइनल पुग्ने छैन । तर उसकाे जितले अष्ट्रेलियालाई सेमिपफाइनल पुर्याउनेछ ।
इंग्ल्याण्डले श्रीलंकालाई जितेर सात अंक बनाए अष्ट्रेलियालाई रनरेटमा पछि पार्दै अन्तिम चारमा स्थान बनाउनेछ । किनकी अहिले नै रनरेटमा इंग्ल्याण्ड राम्रो अवस्थामा छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया