बलात्कार आरोपमा श्रीलंकाली क्रिकेटर पक्राउ
काठमाडौं । श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई अष्ट्रेलियाको सिड्नीबाट पक्राउ गरिएको हो ।
क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमार्फत गुणातिलके बलात्कार आरोपमा सिड्नीबाट पक्राउ परेको पुष्टि गरेका छन् ।
यसबारे एक विज्ञप्ति जारी गर्दै सिड्नी प्रहरीले एक महिलासँग कथित यौन दुराचारको आरोपमा श्रीलंकाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ।
विज्ञप्तिमा कसैको नाम नखुलेको र चारवटा बलात्कार मुद्दामा पक्राउ परेको बताइएको छ ।
प्रहरीका अनुसार यी महिला विगत केही दिनदेखि अनलाइन डेटिङ एपमार्फत आरोपीसँग कुरा गरिरहेकी थिइन् । त्यसपछि दुवैको भेट भएको थियो । उक्त घटना आफूमाथि भएको महिलाले आरोप लगाएकी छन् ।
गुणातिलके तीन साताअघि घाइते भएका थिए । त्यसपछि एसेल बन्दाराले टोलीमा स्थान पाएका थिए । तर टिम व्यवस्थापनले उनलाई फिर्ता पठाउनुको सट्टा अष्ट्रेलियामै राखेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया