नाटकीय समीकरणमा बंगलादेशमाथि जित हात पार्दै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं । नाटकीय समीकरणमा बंगलादेशमाथि ५ विकेटको जित पार्दै पाकिस्तान टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दक्षिण अफ्रिका नेदरल्याण्डससँग पराजित भएपछिको समीकरणको फाइदा उठाउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाँच खेलबाट ६ अंक बनाउँदै पाकिस्तान सेमिफाइनल पुगेकाे हाे । पाकिस्तानले ११ बल बाँकी हुँदै सेमिफाइनलको बाटो तताएको हो ।
दक्षिण अफ्रिका पराजित भएपछि अन्तिम खेल अगावै भारत पनि समूह २ बाट सेमिफाइनल पुगिसकेको छ ।
१२८ रनको सामान्य लक्ष्य पछ्याउँदा कुनै समय पाकिस्तान धर्मराएको थियो । महम्मद हरिसले १८ बलमा ३१ रन बनाएपछि पाकिस्तान जिततर्फ अघि बढेको थियो । त्यस्तै सान मसुदले १४ बलमा नटआउट २४ रन बनाउँदा पाकिस्तान जितसम्म पुग्यो ।
साहिन अफ्रिदीले चार विकेट चड्काएपछि ८ विकेट गुमाएर बंगलादेशले १२७ रन बनाएको हो । अब पाकिस्तानले १२८ रन २० ओभरमा बनाउन सके भारतसँगै सेमिफाइनलको यात्रा तय गर्नेछ ।
बंगलादेशका लागि नजमुल हुसेनले ५४ रन बनाए । अफिफ हुसेनले २० बलमा नटआउट २४ रन र सौम्य सरकारले २० रन बनाउनुबाहेक अरु कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका लागि साधव खानले पनि २ विकेट लिए ।
पाकिस्तानको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । समूह १ बाट न्युजिल्याण्ड र इंग्ल्याण्ड तथा समूह २ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया