सलाह चम्किँदा लिभरपुल विजयी

काठमाडौं । लिभरपुलले टोटेनहमलाई पराजित गर्दै जित हासिल गरेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो ।
लिभरपुलका लागि मोहम्मद सलाहले दुवै गोल गरे । ११ औं मिनेटमा पहिलो गोल गर्दै लिभरपुललाई प्रारम्भिक अग्रता दिलाएका उनले ४० औं मिनेटमा अर्को गोल गर्दै २–० को अग्रता कायम गरे ।
खेलको ७० औं मिनेटमा टोटेनहमका लागि ह्यारी केनले शान्त्वना गोल गरे । टोटेनहमले खेल बराबरीमा ल्याउन यसपछिको समय अधिक प्रयास गरे पनि सफल हुन सकेन ।
लिभरपुल १३ खेलमा १९ अंक जोड्दै आठौं स्थानमा छ भने टोटेनहम २६ अंकका साथ चौथो स्थानमा छ ।
ताजा अपडेट
-
शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’ मै निकास खोजिँदै
-
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’
-
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
-
अर्थतन्त्रको संकटः संरचनागत अवरोध, कार्यान्वयनको कमजोर इच्छाशक्ति र अविश्वसनीय संस्थागत वातावरण
-
हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, तोलकाे कति छ आज ?
प्रतिक्रिया