के–के छन् प्रदीप पौडेलको १७ बुँदे चुनावी प्रतिवद्धतापत्रमा ?
काठमाडौं । कांग्रेस युवा नेता प्रदीप पौडेलले चुनावी प्रतिस्पर्धाका लागि १७ बुँदामा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
४ मंसिरमा हुने निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवार बनेका पौडेलले सर्वसुलभ र गुणस्तरीय शिक्षा, व्यवस्थित सार्वजनिक पार्क र सडक, सहज र सुलभ स्वास्थ्य सेवा, कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धनसहितका विषयमा प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
पौडेलले खानेपानीको उचित प्रबन्ध, रोजगारी र उद्यमशीलता, सामाजिक न्यायसहितका विषयलाई आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।
युवा नेता पौडेलले देशको समस्यालाई बिसिडीको रुपमा व्याख्या गरेका छन् ।
Brain Drain (B) प्रतिभा पलायन अर्थात् शिक्षित युवापुस्ता स्वदेश छाडी विदेश पलायन हुनु,
Corruption (C) नेपालको अर्थ–राजनीति र सेवाप्रवाहमा भ्रष्टाचारले प्रश्रय पाउनु, र Development (D) दिगो विकास नहुनु र समृद्धिको गति तीव्र बन्न नसक्नुलाई उनले बीडीसी भनेका छन् ।
बी.सी.डी. अन्तर्गत शिक्षा र स्वास्थ्यमा पहुँच, रोजगारीका अवसर वृद्धि, भ्रष्टाचार र बेथितिको अन्त्य तथा भौतिक, सामाजिक, मानवीय र साँस्कृतिक समुन्नतिका लागि आगामी पाँच वर्षको प्रस्ट कार्ययोजना ल्याउने प्रष्ट्याएका छन् ।
यस्ताे छ पाैडेलकाे चुनावी प्रतिवद्दतापत्र
लोकप्रिय कांग्रेस युवा नेता प्रदीप पौडेलको उम्मेदवारीबारे के भन्छन् मतदाता ?
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया