सहकारीको ऋण तिर्नुभएको छैन ? कालोसूचीमा परिएला है ?
काठमाडौं । सहकारीबाट ऋण लिएर त्यसलाई चुक्ता नगर्ने ऋणीलाई कालोसूचीमा रादिने भएको छ । समस्याग्रस्त घोषणा गरिएका ११ सहकारीका ऋण भुक्तानी नगर्ने ऋणीलाई कालोसूचीमा राख्न लागिएको हो । यस्ता ऋणीलाई कालोसूचीमा राखेर राहदानी जफत गर्नेदेखि बनाउन नदिनेसम्मका अभियान सञ्चालन गर्न लागिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना जारी गर्दै समयमै ऋण नतिरे कालोसूचीमा राख्ने जनाएको छ ।
यसअघि समितिले यस्ता सहकारीका ऋणीलाई ऋण तिर्न पटक–पटक ताकेता गरेको थियो । तर कैयनले अटेरी गरेका छन् ।
समितिले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकार िसंस्था, चार्टड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, लु : निभा बहुउद्देश्यीय सहकारीलाई संकटग्रस्त घोषणा गरेको छ ।
त्यस्तै, प्यासिफिक सेभिङ एण्ड इन्भेस्टमेन्ट को–अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था, सोसाइटल बचत तथा ऋण सहकारीको अवस्था पनि नाजुक बनेको छ ।
समितिका अनुसार यी सहकारीबाट ऋण जारी भएकोमध्ये १ हजार २ ऋणीले दायित्व पूरा गरेका छैनन् । उनीहरूबाट दुई अर्ब ऋण उठ्न बाँकी छ ।
समितिले अन्तिम मौका दिँदा पनि ऋण नतिर्ने यी सहकारीका ऋणीलाई कालोसूचमिा राखेर राहदानी जफत गर्ने, नबनाएको भए बनाउन नदिने तयारी गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया