नीर्जीवन बीमा कम्पनीले असोजसम्ममा उठाए पौने ११ अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनासम्ममा नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट १० अर्ब ८४ करोड २४ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
सो अवधिमा कम्पनीहरूले ६ लाख ८९ हजार ४६८ वटा बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् ।
असोजमा मात्रै २ अर्ब ९६ करोडको व्यवसाय
चालु आवको असोजमा मात्रै कम्पनीहरूले व्यवसायबाट २ अर्ब ९६ करोड ७ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले २ लाख ४४ हजार ९७ वटा बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।
कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । चालु आवको असोजसम्ममा शिखरले सबैभन्दा धेरै १ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । शिखरले असोजमा मात्रै ३४ करोड ७६ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले असोजमा मात्रै २८ करोड ८६ लाख बीमा शुल्क संकलन गरेको छ । सो कम्पनीले असोज महिनासम्ममा भने कुल ८२ करोड ८४ लाख बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले असोजमा मात्रै २६ करोड ४७ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो कम्पनीले असोजसम्ममा भने कुल ८५ करोड २१ लाख बीमा शुल्क संकलन गरेका छन् ।
यस्तो छ कम्पनीहरूको असोजसम्मको बीमा शुल्क विवरण :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया