फ्रान्सेली ‘क्याथोलिक चर्च’ : तीन लाख तीस हजार बाल यौन दुर्व्यवहारको शिकार
पेरिस । फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुर्व्यवहार भएका स्वीकार गरेको छ । अठत्तर वर्षीय पादरी जीन-पियरले ३५ वर्षअघि एक जना १४ वर्षीया किशोरीलाई दुव्र्ययवहार गरेको स्वीकार गरेपछि ईश्वरका घरमा भएका ती निन्दनीय कृत्य सार्वजनिक भएका हुन् ।
दक्षिणपश्चिमी फ्रान्सको बोर्डोको आर्कबिशपले ‘पैतीस वर्षअघि म पादरी हुँदा १४ वर्षकी युवतीसँग मैले निन्दनीय व्यवहार गरेको थिएँ । मेरो व्यवहारले पीडितमा गम्भीर एवं अप्रिय परिणाम निम्त्याएको छ,’ उनले लिखित स्वीकारोक्तिमा भनेका छन् । उनले पीडितसँग कुरा गरेको क्षमा याचना गरेको पनि बताएका छन् । आफूबाट भएको अपराधका निम्ति उनले अन्य सबैसँग पनि माफी मागेका छन् ।
गत वर्ष एक स्वतन्त्र आयोगद्वारा जारी गरिएको एक अध्ययनले बितेका ७० वर्षमा फ्रान्समा पादरी वा चर्च–सम्बन्धित अन्य व्यक्तिले तीन लाख ३० हजार बाल यौन दुव्र्यवहार गरेको खुलासा भएपछि धार्मिक कर्तव्यबाटच्युत हुनेविरुद्ध निगरानी थालिएको छ भने गिर्जाघरहरूमा पनि नियमितरूपमा कानुन कार्यान्वयन निकायबाट अनुगमन हुने गरेको छ ।
फ्रान्सेली विशप सम्मेलनका अध्यक्ष एरिक डे मौलिन्स–ब्युफोर्टले बहालवाला विशप र पूर्वविशप, फ्रान्सेली न्याय वा चर्च अधिकारीहरूले अनुसन्धान गरेका विभिन्न घटनाहरूमा यौन दुव्र्यवहारका घटना अधिक भेटिएका बताएका छन् । बाल यौन दुव्र्यवहारका पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था पनि हुन थालेको उनले बताए ।
फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चले बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटनाको अनुसन्धानमा पनि पीडितहरूको मानसिक स्वास्थ्यमा नकारात्मक नतिजा पाइएको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया