२ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक
काठमाडाैं । केन्द्रीय बैंकले आन्तरिक ऋण निष्कासन गर्ने तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ ।
तालिकाअनुसार राष्ट्र बैंकले दोस्रो त्रैमासिकमा ३० अर्ब, तेस्रोमा त्रैमासिकमा ८८ अर्ब र चौंथोमा त्रैमासिकमा एक खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।
केन्द्रीय बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागेको जनाइएको छ ।
केन्द्रीय बैंकले १ खर्ब ५० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल, १ खर्ब विकास ऋणपत्र, ५ अर्ब नागरिक बचतपत्र र १ अर्ब वैदेशिक रोजठगार बचतपत्रमार्फत आन्तरिक ऋण उठाउने भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया