बराबरीमा रोकियो बायर्न म्युनिख
काठमाडौं । बायर्न म्युनिख लिभरकुसेनसँग बराबरीमा रोकिएको छ । जर्मन बुन्डेस लिगामा लिगअन्तर्गत गएराति भएको खेलमा दुवै टिमले १–१ को बराबरी खेलेका हुन् ।
खेल सुरु भएको १८ औं मिनेटमा गोल गर्दै निकलस सुलेले अग्रता दिलाएका थिए । तर ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेर खेललाई बराबरीमा पुर्याए ।
त्यसपछिको समयमा कुनै समूहले गोल गर्न नसकेपछि अंक बाँडिएको छ । योसँगै ५९ अंकका साथ शीर्ष स्थानमा छ भने लिभरकुसेन ४५ अंक बटुलेर तेस्रो स्थानमा छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया