सुनको मूल्य एक लाख नाघ्यो, तोलामा १ लाख १ हजार ९०० रूपैयाँमा कारोबार हुँदै
सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य नाै सय रूपैयाँ बढेर ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसभन्दा अगाडि २०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३५ रूपैयाँ बढेर एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया