प्यारोडी एकाउन्टका लागि ट्विटरले बनायो नयाँ नियम
काठमाडौं (एजेन्सी) । ट्विटरले प्यारोडी एकाउण्टबारे नयाँ नियम बनाएको छ । केही समयअघि ट्विटरको स्वामित्व लिएका एलन मस्कले ट्विटरका नीति परिमार्जनका क्रममा व्यंग्य गरिने एकाउण्टबारे नयाँ नियम बनाएका हुन् ।
‘प्यारोडी बनाउने एकाउण्टले नाम अब बायो मात्र राखेर हुँदैन, नाम पनि समावेश गर्नुपर्छ,’ मस्कले ट्विट गरेका छन् ।
प्यारोडी खाताहरू ती हुन् जुन अरू कसैको खाताको प्रतिलिपिको रूपमा सिर्जना गरिन्छ। मस्क स्वयंका नाममा समेत यस्ता खाता बनेका थिए । अध्ययनका क्रममा मस्कको नामको खाता कोयान वुलफोर्ड नामका प्रयोगकर्ताको रहेको खुलेको थियो । उनी अमेरिकी नागरिक हुन् र अस्ट्रेलियाको ल्याट्रोब विश्वविद्यालयमा हिन्दी पढाउँछन्।
त्यसबेला पनि मस्कले जानकारी दिएका थिए कि यदि कुनै प्रयोगकर्ताले आफ्नो ह्यान्डलको नाम परिवर्तन गर्छ भने उसले अस्थायी रूपमा प्रमाणित ब्लू टिक गुमाउनेछ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया