प्यारोडी एकाउन्टका लागि ट्विटरले बनायो नयाँ नियम
काठमाडौं (एजेन्सी) । ट्विटरले प्यारोडी एकाउण्टबारे नयाँ नियम बनाएको छ । केही समयअघि ट्विटरको स्वामित्व लिएका एलन मस्कले ट्विटरका नीति परिमार्जनका क्रममा व्यंग्य गरिने एकाउण्टबारे नयाँ नियम बनाएका हुन् ।
‘प्यारोडी बनाउने एकाउण्टले नाम अब बायो मात्र राखेर हुँदैन, नाम पनि समावेश गर्नुपर्छ,’ मस्कले ट्विट गरेका छन् ।
प्यारोडी खाताहरू ती हुन् जुन अरू कसैको खाताको प्रतिलिपिको रूपमा सिर्जना गरिन्छ। मस्क स्वयंका नाममा समेत यस्ता खाता बनेका थिए । अध्ययनका क्रममा मस्कको नामको खाता कोयान वुलफोर्ड नामका प्रयोगकर्ताको रहेको खुलेको थियो । उनी अमेरिकी नागरिक हुन् र अस्ट्रेलियाको ल्याट्रोब विश्वविद्यालयमा हिन्दी पढाउँछन्।
त्यसबेला पनि मस्कले जानकारी दिएका थिए कि यदि कुनै प्रयोगकर्ताले आफ्नो ह्यान्डलको नाम परिवर्तन गर्छ भने उसले अस्थायी रूपमा प्रमाणित ब्लू टिक गुमाउनेछ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया