दमौलीमा यसरी भयो आगलागी
काठमाडौं । तनहुँको दमौली चोकमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगलागी भएसँगै स्थानीय स्तरबाट दमकल ल्याएर निभाउन खोजेपनि अहिलेसम्म आगो अनियन्त्रित नै भएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले नेपालवाचलाई जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको र १० मिनेटभित्र पुग्ने उनले बताए ।
अहिलेसम्म भाैतिक कति क्षति भयाे भन्ने कुरा अनुमान लगाउन तत्काल नसकिने उनको भनाइ छ ।
आगलागी नजिकैकाे मिनी मार्केट सुरू भएर भुपाल हार्डवेयर धेरै क्षति भएकाे स्थानीय पदम ढकालले जानकारी दिए ।



फाेटाे साैजन्य पदम ढकाल ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया