राजीव गान्धी हत्याका ६ जना दोषीलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडाैं । पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भई आजीवन कारावासको सजाय भोगीरहेका ६ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित ६ जनालाई रिहा गर्न सर्वोच्चले आज आदेश दिएको हो ।
अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ । ‘नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन् उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोष्ट ग्राजुएट डिप्लोमा छ । रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला सङ्कायमा पोष्ट ग्राजुएट गरेका छन्,’ सर्वोच्च अदालतले भनेको छ ।
तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो । संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको थियो । गान्धीको हत्यामा संलग्न एक जनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनीलगायतले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए ।
सन् १९९१ को मे महिनामा तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनाबी -यालीमा धनु भनेर चिनिने एक महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन् ।
ताजा अपडेट
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग


प्रतिक्रिया