मेक्सीकोको बारमा ९ जना मारिए
एजेन्सी । मध्य मेक्सिकोको एउटा बन्दुक बोकेर प्रवेश गरेका सात जनाले मदिरामा मस्त नौ जनालाई गोली हानेर मारेका छन् । घटना ग्वानाजुआन्टो राज्यको अपासियो डेल अल्टोस्थित ‘बार’मा बुधबार राति भएको हो ।
मेक्सीको डेली पोष्टका अनुसार हतियारसहित बारमा प्रवेश गरेका सातजनाले अन्धाधुन्ध गोली चलाउँदा पाँच जना पुरूष र सात जना महिला मारिएका छन् ।
बारका सञ्चालक पनि आक्रमण मारिएको आशङ्का गरिएको छ । एउटा गाडीमा दुई जनाको शव भेटिएको थियो । आक्रमणका क्रममा बारबाट भागेका उनीहरूलाई गाडीमा गएर गोली प्रहार गरिएको आशङ्का सुरक्षाकर्मीले गरेका छन् ।
आक्रमणकारीको व्यापक खोजी भइरहेको छ । उक्त बारमा आक्रमण हुनुको कारण खुलेको छैन । पछिल्ला दिनमा ग्वानाजुआन्टोका बारमा गोली प्रहारका घटना बढिरहेका छन् ।
ग्वानाजुआन्टोमा इन्धन चोरी एवम् तस्करी पनि बढेको छ । गत महिना राज्यको इरापुटो सहरस्थित एउटा बारमा प्रवेश गरेका अज्ञात बन्दुकधारीले १२ जनाको हत्या गरेका थिए ।
गत सेप्टेम्बरमा तारिमोरो नगरपालिकामा सशस्त्र आक्रमणकारीले गोली हानेर १० जनालाई मारेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया