टर्कीमा ५ अफगान नागरिकको हत्या
काठमाडौं (एजेन्सी) । टर्कीको प्रहरीले राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँच जना अफगान नागरिकको शव फेला पारेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
पाँच जना पुरुषहरूको शव बिहीबार अङ्काराक अल्टिन्डाग जिल्लाको ओन्डर नजिकमा फेला परेको थियो ।
सो घरमा थुप्रै सिरियाली र अफगान आप्रवासीहरूको बसोबास भएको दैनिक हुर्रिएट डेली न्यूजले उल्लेख गरेको छ।
अङ्कारा अभियोजकको कार्यालयले जनाए अनुसार एक शव पछाडिबाट हतकडी लगाएको र वार्डरोब भित्र फेला परेको थियो भने अन्य चार बैठक कोठामा फेला परेको थियो। टर्किएमा ५० लाखभन्दा बढी आप्रवासीहरू छन् जसमध्ये ३७ लाखभन्दा बढी सिरियाका छन्।
त्यसैगरी अफगानिस्तानीहरू दोस्रो ठूलो आप्रवासी समुदाय हो।
अहिले यहाँ शरणार्थीहरूको तीव्र दबाब बढेको छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया