भारतको हिमाचलमा आज चुनाव, ६८ सिटका लागि ४१२ मैदानमा
काठमाडौं । भारतको हिमाचल राज्यको प्रदेश विधानसभा चुनाव सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु निर्वाचनमा अहिले मतदान चलिरहेको छ ।
हिमाचलको विधानसभामा ६८ सिट छ । यी सिटमा ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् । यो प्रदेशमा रहेका ५५ लाखभन्दा बढी मतदाताले आफ्नो मतमार्फत यी उम्मेदवारको आज भाग्य फैसला गर्दैछन् ।
निर्वाचनमा भारतीय कंग्रेस, भारतीय जनता पार्टीलगायत दल चुनावमा छन् । यीमध्ये मुख्य प्रतिस्पर्धा भाजपा र कंग्रेसबीच हनेछ । यस पटक भाजपा आफ्नो पकड जोगाउने दाउमा छ भने कंग्रेस त्यसलाई भत्काउने रणनीतिमा छ ।
यसअघि सन् २०१७ मा सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी ४४ सिटमा विजयी भएको थियो । सन् २०१२ देखि पाँच वर्ष त्यहाँको सरकारको नेतृत्व गरेको कंग्रेस २१ सिटमा खुम्चिएर प्रतिपक्षमा पुगेको थियो ।
हिमाचल राज्यले अहिलेसम्म ६ मुख्यमन्त्री पाएको छ । तीमध्ये अधिकांश कांग्रेस समर्थित छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया