झापा क्षेत्र नं १ मा भारी मतले जित्छु : महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई रेस्लिङका रुपमा नभएर गठबन्धनले उत्सवका रुपमा लिएको बताएका छन् ।
मतदातासँगको भेटभाट कार्यक्रममा मेचीनगर नगरपालिका–८ मा आयोजित कार्यक्रममा महामन्त्री शर्माले सो बताएका हुन् । उनले निर्वाचनमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताउँदै विपक्षी दलका उम्मेदवारलाई समेत सकारात्मक सोचको विकास गर्न आग्रह गरे ।
उनले युवादेखि ज्येष्ठ नागरिकसम्मले मत माग्दै गाउँगाउँ पुग्दा जितको शुभकामना दिँदै फूलको माला र अबिरको टीका लगाइदिँदा आफूलाई हौसला मिलेको बताए । महामन्त्री शर्माले यसपटकको निर्वाचनमा आफूले भारी मतका साथ जित्ने दाबी गरे ।
क्षेत्र नं १ मा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वकानुन मन्त्रीले अग्नि खरेलसमेत घरदैलो अभियानमा छन् । उनले ग्रामीण क्षेत्रका अधिकांश स्थानमा पुगेर जनताको समस्या बुझ्ने र एमालेले गरेका कामका बारेमा चर्चा गर्दै आफूलाई मतदान गरी विजयी गराउन अपिल गरे ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया