दमौलीमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग
काठमाडौं । तनहुँको दमौली चोकमा आगलागीपछि निभाउन हेलिकोप्टरको प्रयोग गरिएको छ । आगलागी नजिकैको मिनी मार्केट सुरू भएर भुपाल हार्डवेयर धेरै क्षति भएको छ ।
आगो निभाउन दमकलसहितको प्रयासले मात्रै नपुगेपछि हेलिकोप्टरको प्रयोग गरी निभाउने प्रयास गरिएको छ । अहिलेसम्म आगो अनियन्त्रित नै भएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले नेपालवाचलाई जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म मानवीय क्षति भएको जानकारी छैन । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको थियो । अहिले हेलिकोप्टरले आगो निभाउने प्रयास गरिरहेको प्रत्यक्षदर्शी पदम ढकालले जानकारी दिए ।


ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया