विश्वकप फाइनल : इंग्ल्यान्डले टस जित्यो, पहिले ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं । टी २० विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
सेमिफाइलनमा पनि टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले १६९ रनको लक्ष्य विना विकेट ४ ओभर बाँकी हुँदा नै भेट्याएको थियो ।
मौसमले साथ नदिने आकलन गरिएको फाइनलको आजका मेलबर्नको अहिलेसम्मकाे मौसम सफा रहेको बताइएको छ । लक्ष्य पाएपछि आक्रामक ब्याटिङ गर्दा वर्षाले खेल रोके पनि डिएल मेथडमा फाइदा हुने बुझाई पनि इंग्ल्यान्डको रहेको देखिन्छ ।
भारतविरुद्ध चुनौतीपूर्ण लक्ष्य भेट्याएपछि इंग्ल्यान्डले पाकिस्तानविरुद्ध पहिले बलिङ रोजेको हो । दोस्रो इनिङमा ब्याटिङ गर्दा बल ब्याटमा आउने हुँदा पनि इंग्ल्यान्डले यस्तो निर्णय गरेको हुन सक्छ ।
पाकिस्तानका लागि कप्तान बाबर आजम र मोहम्मन रिजवानले ओपनिङ गर्नेछन् ।
यी दुईले पावरप्लेको ६ ओभरमा ६० रन कटाउन सके । पाकिस्तानले १८० माथिको चुनौती नदिएसम्म इंग्ल्यान्डलाई जित्न गाह्रो पर्ने देखिन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया