पाकिस्तानलाई बाबरको विकेटको झट्का
काठमाडौं । पाकिस्तानले इंग्ल्यान्डविरुद्धको फाइनलमा तेस्रो विकेटको झट्का बेहोरेको छ । ११.१ ओभरमा पाकिस्तानले कप्तान बाबर आजमको विकेट गुमाएको हो । उनी २८ बलमा ३२ रन बनाएर आउट भएका हुन् ।
आदिल राशिदको बलमा बाबर कट एण्ड बोल्ड भएका हुन् । पाकिस्तानले ४.१ ओभरमा मोहम्मद रिजवाको पहिलो विकेट गुमाएको थियो । ७.१ ओभरमा महम्मद ह्यारिसको दोस्रो विकेट गुमाएको थियो ।
टस जितेर इंग्ल्यान्डले पाकिस्तानलाई पहिले ब्याटिङमा डाकेको हो । तर पावरप्लेको ६ ओभरमा पाकिस्तानले एक विकेट गुमाएर ३९ रनमात्रै बनाउन सक्यो ।
११ औं ओभरमा १६ रन बनाएको पाकिस्तानले १२ ओभरको पहिलो बलमै बाबरको विकेट गुमाएपछि कुनै पनि रन जोड्न सकेन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया