पाकिस्तानविरुद्ध गुमे इंग्ल्यान्डका महत्वपूर्ण तीन विकेट

काठमाडौं । पाकिस्तानविरुद्ध १३८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले महत्वपूर्ण तीन विकेट गुमाएको छ ।
भारतविरुद्ध सेमिफाइनलमा ८६ रन बनाएका इंग्ल्यान्डका एलेक्स हेल्स पाकिस्तानविरुद्धको फाइनलमा एक रनमै आउट भएका थिए । उनले २ बलमा एक रनमात्रै जोडे ।
फिल साल्ट पनि ९ बलमा १० रन बनाएर आउट भए ।
५.३ ओभरमा हरिफ रौफको बलमा जस बटलर पनि २६ रनमा आउट पुगेका छन् ।
उनले १७ बलमा आक्रामक २६ रन बनाएका थिए । उनले भारतविरुद्ध सेमिफाइनलमा ८० रन बनाएका थिए ।
६ ओभरमा ४९ रन बनाउँदा इंग्ल्यान्डले महत्वपूर्ण ३ विकेट गुमाएको छ ।
पाकिस्तानले पावरप्लेमा ३९ रन बनाएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया