बलिउडमा फिल्म चल्न छोडेपछि पारिश्रामिक घटाउन अक्षय तयार
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले फिल्मको उत्पादन मूल्य घटाउनका लागि आफ्नो पारिश्रामिक ४० प्रतिशतले कटौती गर्न तयार भएको बताएका छन् ।
पछिल्लो समय बलिउड फिल्मले दर्शक तान्न नसकिएको विषयमा बहस चलिरहेको छ । जसमा अधिकांश कलाकारहरूले फिल्मको टिकेट मूल्य घटाइनुपर्ने तर्क गर्दै आएका छन् । अक्षयले भने पहिलोपटक पारिश्रामिक कटौतीको विषय उठाएका हुन् ।
अक्षयले दर्शकलाई फेरि हलसम्म पहिलाकै स्वरूपमा आकर्षित गर्नका लागि के गर्ने भन्नेबारे बताएका छन् । त्यस्तै, उनले फिल्मको उत्पादन मूल्य घटाउनुपर्ने र कलाकारहरूको पनि पारिश्रामिकमा कटौती गर्नुपर्ने बताएका हुन् ।
हिन्दुस्तान टाइम्स लिडरसिप समिटमा बोल्दै उनले बलिउड फिल्म उद्योगले अब दर्शकलाई हलसम्म ल्याउनका लागि सुरूदेखि काम गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा हिन्दी फिल्मले बक्स अफिसमा राम्रो गर्न नसक्नुको प्रश्नमा फिल्म उद्योगले गलत गरिरहेको विषय उठाए । उनले भने, ‘मलाई के लाग्छ भने, हाम्रा दर्शकहरूले केही नयाँ विषय चाहन्छन् । परिवेश पनि फेरिएको छ । त्यसैले अब हामीले दर्शकले चाहेको विषयमा ध्यान दिनुपर्छ । कोभिड महामारी पछि दर्शकको फिल्म प्रतिको चाहना फेरिएको छ । अब यसबारे सोच्नुपर्छ । मलाई पनि फरक तरिकाले काम गर्न मन छ । ’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया