इजरायली राष्ट्रपतिद्वारा नेतन्याहूलाई सरकार गठनका लागि निर्देशन
इजरायल । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नेता बेन्जामिन नेतन्याहूलाई नोभेम्बर १ मा भएको निर्वाचनपछि आइतबार नयाँ सरकार गठनका लागि अनुमति प्रदान गरेका छन् ।
राष्ट्रपति हर्जोगले गत वर्ष सत्ताच्युत हुनुअघिसम्म इजरायलका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेतन्याहूलाई जेरुसेलममा आयोजित एक समारोहमा आफूले सरकार गठनको जिम्मेवारी दिएको बताएका थिए ।
हर्जोगले भने, ‘पार्टीका नेताहरूसँगको परामर्शपछि परिणाम स्पष्ट भएको छ र सरकार गठनको जिम्मेवारी बेन्जामिन नेतन्याहूलाई दिनुपर्छ ।’
हर्जोगले भ्रष्टाचारको आरोपमा उदारबादी नेता नेतन्याहूमाथि चलिरहेको मुद्दाबारे पनि चर्चा गर्दै यो अनुसन्धानको क्रममा रहेको बताए ।इजरायलका उदारबादी नेता नेतन्याहुले आफुमाथि लाग्दै आएको भ्रष्टाचार आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
हर्जोगले भने, ‘जेरुसलेम जिल्ला अदालतमा नेतन्याहूविरुद्ध कानुनी कारबाही चलिरहेको छ भन्ने तथ्यबाट म बेखबर छैन र म यसलाई तुच्छ मान्दिनँ ।’
तर उनले आरोपको प्रतिवाद गर्दा नेतन्याहूले प्रधानमन्त्रीको रूपमा काम गर्न सक्ने कुरा हालैको नजिरले स्पष्ट पारेको छ ।
ताजा अपडेट
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग


प्रतिक्रिया