टर्कीको व्यस्त किनमेल क्षेत्रमा विस्फोट, ६ को मृत्यु, ५३ घाइते
काठमाडौं (एजेन्सी) । टर्कीको इस्तानबुल सहरको व्यस्त किनमेल क्षेत्रमा विस्फोट हुँदा छ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।
स्थानीय गभर्नरले ट्वीट गर्दै मृतकको संख्या जानकारी दिएका छन् ।
स्थानीय सञ्चारमाध्यमले यसअघि १० जना घाइते भएको जानकारी दिएका थिए । यो विस्फोटको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
टर्कीका अधिकारीहरूले अहिलेसम्म विस्फोटको कारण पुष्टि गरेका छैनन्।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले दोषीलाई नछाड्ने बताएका छन् ।
विष्फोटपछि आपतकालीन सेवाका मानिसहरु विष्फोटस्थलतर्फ द्रुत गतिमा अघि बढेको देखिन्छ । इस्तानबुलका गभर्नर अली येर्लिकायाले स्थानीय समय अनुसार दिउँसो ४ः२० बजे इस्तिकलाल स्ट्रिटमा विस्फोट भएको बताए ।
यसअघि उनले यस घटनामा धेरैको ज्यान गएको र कैयन घाइते भएको बताएका थिए । तर उनले विस्तृत विवरण भने दिएनन् ।
बीबीसीको टर्की सेवाले घटनास्थललाई अहिले घेराबन्दी गरिएको जनाएको छ। टीआरटी र अन्य सञ्चारमाध्यमका रिपोर्टमा विस्फोट भएको क्षेत्रमा सामान्य दिनजस्तै भीडभाड भएको बताइएको छ ।
विष्फोट हुँदा पसलमा ठूलो संख्यामा पर्यटक र व्यापारी थिए । यहाँ धेरै मानिसहरु आफ्नो परिवारसँग घुम्न आएका थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया