युएईले कटायो दुई सय रन
काठमाडौं । नेपालविरुद्धको पहिलो एकदिवसीय खेलमा युएईले दुई सय रन कटाएको छ । ४२ ओभरमा ४ विकेट गुमाएर युएईले दुई सय रन कटाएको हो ।
यही अनुपातमा रन बनाए नेपाललाई युएईले २५० माथिको लक्ष्य दिने देखिन्छ । जुन नेपालको लागि कठिन पनि पर्न सक्नेछ ।
किनकी नेपालको जहिल्यै पनि ब्याटिङ कमजोर देखिंदै आएको छ । गुल्सन झाले २, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिएका छन् ।
युएईको लागि महम्मद वसिमले ४४ रन बनाए ।
भ्रित्य अरविन्द ४० रन बनाएर खेलिरहेका छन् । कप्तान रिजवान भने २ रनमै आउट भए ।
रोहन मुस्तफाले ५३ रन बनाए ।
नेपालविरूद्द तीन एकदिससीय सिरिज खेल्न युएई नेपाल भ्रमणमा आएको हो ।
पहिलो खेलबाटै अर्जुन साउद र हरिशंकर नेपालीले नेपालका लागि डेब्यु गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया