एलन मस्कले मागे ट्विटर प्रयोगकर्तासँग माफी

काठमाडौं । ट्विटरका मालिक एलन मस्कले प्रयोगकर्तासँग पहिलो पटक माफी मागेका छन् । माइक्रोब्लगिङ साइट ट्विटर विभिन्न देशमा अत्यधिक ढिलो भएपछि उनले त्यसप्रति क्षमा मागेका हुन् ।
एक ट्विटमा मस्कले भनेका छन्, ‘धेरै देशमा ट्विटर निकै ढिलो भएकोमा म माफी चाहन्छु।’
उनले ट्विटर ढिलो हुनुको प्राविधिक कारण पनि खुलाएका छन् ।
यसैबीच, मस्कले ट्विटरका फेक प्रोफाइललाई सम्बोधन गर्न नयाँ फिचर ल्याउने वाचा पनि गरेका छन् ।
उनले ट्वीटरमा भनेका छन्, ‘ट्विटरले ती संस्थाहरूबाट जानकारी लिनेछ जुन ट्विटर खाताहरू उनीहरूसँग जोडिएका छन्।’
धेरै प्यारोडी र नक्कली खातामाथि ट्विटरले कडाइ गरिरहेको छ । विगतमा उसले यसको नियन्त्रणका लागि प्रमाणीकरण कार्यक्रम बन्द गर्नुपरेको थियो
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया