एलन मस्कले मागे ट्विटर प्रयोगकर्तासँग माफी
काठमाडौं । ट्विटरका मालिक एलन मस्कले प्रयोगकर्तासँग पहिलो पटक माफी मागेका छन् । माइक्रोब्लगिङ साइट ट्विटर विभिन्न देशमा अत्यधिक ढिलो भएपछि उनले त्यसप्रति क्षमा मागेका हुन् ।
एक ट्विटमा मस्कले भनेका छन्, ‘धेरै देशमा ट्विटर निकै ढिलो भएकोमा म माफी चाहन्छु।’
उनले ट्विटर ढिलो हुनुको प्राविधिक कारण पनि खुलाएका छन् ।
यसैबीच, मस्कले ट्विटरका फेक प्रोफाइललाई सम्बोधन गर्न नयाँ फिचर ल्याउने वाचा पनि गरेका छन् ।
उनले ट्वीटरमा भनेका छन्, ‘ट्विटरले ती संस्थाहरूबाट जानकारी लिनेछ जुन ट्विटर खाताहरू उनीहरूसँग जोडिएका छन्।’
धेरै प्यारोडी र नक्कली खातामाथि ट्विटरले कडाइ गरिरहेको छ । विगतमा उसले यसको नियन्त्रणका लागि प्रमाणीकरण कार्यक्रम बन्द गर्नुपरेको थियो
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया