युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य
काठमाडौं । युएईले पहिलो एक दिवसीय क्रिकेटमा नेपाललाई २६४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा युएईले ७ विकेट गुमाउँदै नेपाललाई २६४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो ।
अन्तिम ५ ओभरमा मात्र युएईले ४९ रन बनायाे ।
नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए । महम्मद वसिमले ४४ रन बनाए ।
भ्रित्य अरविन्द४० रन बनाए । अलिसान सराफुले २९ रन बनाए । आयान अजिज खानले २६ रनको योगदान गरे । अहमेद राजाले २७ रन बनाए । नेपालले अतिरिक्त २७ रन दियो ।
नेपालका लागि गुल्सन झाले २, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।
नेपालविरूद्द तीन एकदिससीय सिरिज खेल्न युएई नेपाल भ्रमणमा आएको हो । पहिलो खेलबाटै अर्जुन साउद र हरिशंकर नेपालीले नेपालका लागि डेब्यु गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया