दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । पछिल्लाे ५ काराेबारदिनयता घटेकाे नेप्से परिसूचक सोमबार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार सोमबार नेप्से २१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा पुगेको छ ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज २२६ स्टकको १७ हजार ७६५ पटकको कारोबारमा २४ लाख ५२ हजार ८५ कित्ता शेयर खरिदबिक्री हुँदा ९४ करोड ६९ लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको छ ।
सोमबार १३ उपसमूहमको सेयरमा हरियाली छाएको छ । आज सबैभन्दा बढी उत्पादनको परिसूचक ३.१३ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.३५, विकास बैंक २.२०, वित्त २.७१, होटल तथा पर्यटन २.२७, जलविद्युत २.०७, लगानी १.३९, जीवन बीमा १.३२, लघुवित्त ०.५६, सामूहि लगानीकोष ०.७९, नीर्जीवन बीमा ०.२४, अन्य २.३३ र व्यापार ०.३८ प्रतिशतले बढेको छ ।
आज तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ । त्यसैगरी सप्तकोशी विकास बैंकका ८.३९ प्रतिशत, बुद्धभूमिन नेपाल हाइड्रोपावर शेयरमूल्य ७.२९ प्रतिशतले बढेको छ । आज लक्ष्मी इक्युटी फण्डको इकाईमूल्य सर्वाधिक ६.५८ प्रतिशत घटेको छ । त्यस्तै न्यादीकोको शेयरमूल्य ५.२० प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ३.२० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १० करोड ९६ लाख ४३ हजार २७५ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, हिमालयन डिष्टिलरी ८ करोड ९९ लाख ५८ हजार, न्यादी ग्रुप पावर ७ करोड ८३ लाख ४५ हजार, गुरास फाइनान्स २ करोड ५३ लाख १० हजार र नेष्टो समृद्ध लघुवित्त २ करोड ४७ लाख २८ हजार रुपैयाँको कारोबार भई शीर्ष ५ मा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया