मतदानबाट वञ्चित हुँदै २२ प्रतिशत कर्मचारी र सुरक्षाकर्मी
काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा २२ प्रतिशत कर्मचारी र सुरक्षाकर्मी मतदानबाट वञ्चित हुने भएका छन् । यो निर्वाचनमा समानुपातिकतर्फ सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई मत जाहेर गर्ने प्रबन्ध मिलाइएको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खटिने सुरक्षाकर्मी र कर्मचारीको संख्या पाँच लाख ७६ हजार ६ सय ३१ छ । जसमध्ये चार लाख ४८ हजारको नामावली मात्रै अस्थायी मतदाता नामावलीमा समावेश भएको आयोगको भनाइ छ ।
यो कुल संख्याको ७७.६९ प्रतिशत हो । अर्थात् निर्वाचनमा खटिएकामध्ये २२.३८ प्रतिशत अर्थात् एक लाख २८ हजार ६ सय ३१ सुरक्षाकर्मी र कर्मचारी मतदान गर्नबाट वञ्चित हुनेछन् । किनकि, उनीहरूको नाम नै अस्थायी मतदाता नामावलीमा समावेश छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया