अमेरिकी अखबारको दाबी–अमेजनले १० हजार कर्मचारी कटौती गर्दैछ
काठमाडौं । एक अमेरिकी अखबारले अमेजनले १० हजार कर्मचारी हटाउन लागेको दाबी गरेको छ । यदि यो अखबारको दाबी सत्य सावित भएमा अमेजनको इतिहासमा सबैभन्दा धेरै कर्मचारी कटौती हुनेछन् ।
ट्विटर, मेटा र माइक्रोसफ्टले ठूलो संख्यामा कर्मचारी कटौती गरिरहेका बेला ई–कमर्स कम्पनी अमेजनको नाम पनि जोडिएको हो ।
अमेरिकी अखबार न्युयोर्क टाइम्सको रिपोर्टमा उल्लेख गरिएअनुसार, अमेजनले यसै साताबाटै कर्मचारी बर्खास्त गर्ने प्रक्रिया सुरु गर्नेछ । भ्वाइस असिस्टेन्ट एलेक्सा र मानव संसाधन विभागबाट सबैभन्दा धेरै कर्मचारी बिदा गरिने बताइएको छ ।
कम्पनीसँग सम्बद्ध एक व्यक्तिले कटौती हुने कामदारको संख्यामा परिवर्तन हुन सक्ने बताएका छन् । हरेक विजनेस युटिनले कर्मचारीबारे अध्ययन गरिरहेकाले चित्र स्पष्ट हुन केही समय कुनुपर्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया