NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

अब दैनिक १० किलो मात्रै सुन आयात हुने

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनको आयात कोटा बढाउनुर्ने भन्दै आएकोमा नेपाल राष्ट्र बैंकले भने आयातमा थप कडाई गरेको छ ।

राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै सुनमा कडाई गरेको जनाएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) लाई देहायबमोजिम संशोधन गरेको हो

राष्ट्र बैंकले अबदेखि सुनको दैनिक परिमाण १० केजी मात्रै वितरण गर्ने जारी परिपत्रमा उल्लेख छ । यसअघि दैनिक २० केजी सुन वितरण गर्दै आएको थियो ।

https://www.nepalwatch.com/wp-content/uploads/2022/03/pdf-fiele.pdf